नियम ८
बिग्रेको सवारी साधनको लगत कट्टा गर्ने
बिग्री काम नलाग्ने वा प्रयोग गर्न नसकिने भएको सवारी साधनको लगत कर कार्यालयबाट कट्टा गराउन परेमा सवारी साधनको धनीले सो सवारी साधन काम नलाग्ने वा प्रयोग गर्न नसकिने भएको कुरा उल्लेख गरी कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदन परेमा कर अधिकृतले सो कुरा जाची ठीक देखेमा त्यस्तो सवारी साधनको लगत कट्टा गर्नेछ ।
तर यसरी कर कार्यालयबाट लगत कट्टा गराउन सवारी साधनको दर्ताका लगत समेत कट्टा भएको हुनु पर्नेछ ।